सुदूर नेपाललाई विश्वसँग जोड्दै

साफ यू–१८ च्याम्पियनशिप फुटबलका लागि नेपाली टोली घोषणा

२०७६ भदौ ३१, ०३:०३ खबर संवाददाता

साफ यू–१८ च्याम्पियनशिप फुटबलका लागि नेपाली टोलीको घोषणा गरिएको छ। मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले असोज ३ गतेदेखि सुरु हुने प्रतियोगिताका लागि अन्तिम २३ जनाको सूची सार्वजनिक गरेका हुन्। काठमाण्डौमा हुन लागेको साफ यू–१८ च्याम्पियनशिपमा नेपालले उदघाटन खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ।

अन्तिम २३ मा गोलकीपर रोहित कार्की र दिपेश गुरुङले स्थान बनाउन सकेनन्। पोखरामा गरिएको अन्तिम बन्द प्रशिक्षणपछि मंगलबार सार्वजनिक गरिएको खेलाडीको सूचीमा गोलकीपरमा विशाल सुनार, सूर्य अधिकारी र पुजन होना रहेका छन्।

डिफेन्डरमा विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोशन दोङ, अलिक रुम्बा र अन्जल महर्जन छन्। त्यस्तै मिडफिल्डमा शिशिर लेखी, रोशन रानामगर, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, कुशल फुयाँल, नितिन थापा परेका छन्।

फरवार्डमा बृजेश चौधरी, सचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी रहेका छन्।
 

कमेन्ट लोड गर्नुस