सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको उदय मावीको अध्यक्षमा साउँद

२०७६ भदौ ३१, ०२:१६ खबर संवाददाता

कञ्चनपुरको उदय माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा युवा नेता अर्जुन साउँद चयन भएका छन्। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर २ को वाणिबंकमा रहेको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा साउँद सर्वसम्मत रुपमा चयन भएका हुन। नेकपाका कञ्चनपुरका जिल्ला सदस्य समेत रहेका साउँदलाई अभिभावक भेलाले उनलाई अध्यक्षको जिम्मेवारी दिएको हो।

यस्तै व्यवस्थापन समितिको सदस्यमा मंगल शाही, सावित्री धामी, रामकृष्णी चौधरी, कल्पना नेपाली र नरेन्द्र जोशी चयन भएका छन्। साउँदले विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन्। उनले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न दृढ भएर लाग्ने बताए। 
  

कमेन्ट लोड गर्नुस