सुदूर नेपाललाई विश्वसँग जोड्दै

चार वटा हेलिकप्टर धानखेतमा आकस्मिक अवतरण, सबै यात्रु सकुशल

फोटो : सरोज श्रीको ट्विटरबाट
फोटो : सरोज श्रीको ट्विटरबाट
२०७६ भदौ ३१, १०:५५ खबर संवाददाता

सोलुखुम्बुको लुक्लाबाट काठमाण्डौ उडेका चार वटा हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण गरिएको छ। मौसममा खराबी आएपछि सिम्रिक एअरका २ वटा, मनाङ एअरको एउटा र कैलाश एअरको एउटा हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण भएको पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले बताए।

चारवटा हेलिकप्टर पाँचखाल नगरपालिका–२ मा धानखेतमा अवतरण भएको प्रहरी निरीक्षक (इन्सपेक्टर) रुपाल अधिकारीले बताए। उनका अनुसार मनाङको एउटा र सिम्रिकका २ वटा हेलिकप्टरमा ६÷६ जनाका दरले १८ जना र कैलाश हेलिकप्टरमा ३ जना गरी २१ जना यात्रु सवार रहेका थिए।

हेलिकप्टरमा केही विदेशी यात्रु पनि रहेको उनले बताए। सबै यात्रु सुरक्षित रहेका छन्। मौसममा सुधार आएपछि हेलिकप्टर काठमाण्डौका लागि उड्ने प्रहरी निरीक्षक अधिकारीले बताए।

कमेन्ट लोड गर्नुस