सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूपश्चिमका स्थानीय तह विरुद्ध अख्तियारमा पाँच सय २६ उजुरी

२०७६ भदौ ३१, ०८:४९ खबर संवाददाता

सुदूपश्चिमका स्थानीय तह विरुद्ध अख्तियारमा पाँच सय २६ उजुरी रहेका छन्। आर्थिक बर्ष २०७४/०७५ बाट जिम्मेवारी सरेरका आएका र आर्थिक बर्ष २०७५/०७६ मा दर्ता भएका गरि स्थानीय तह विरुद्ध पाँच सय २६ उजुरी रहेका छन्। अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय कञ्चनपुरका अनुसार आर्थिक बर्ष २०७४/०७५ बाट दुई सय ४३ उजुरी जिम्मेवारी सरेर आएकोमा आर्थिक बर्ष २०७५/०७६ मा थप दुई सय ९२ उजुरी दर्ता भएका छन्।

स्थानीय तह विरुद्ध भएका उजुरीहरु मध्ये सबैभन्दा बढि संघीय मामिला तर्फका छन्। अख्तियार कञ्चनपुरका अनुसार संघीय मामिला तर्फ तीन सय १० र शिक्षा तर्फ दुई सय २५ वटा उजुरी दर्ता भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनरले आर्थिक वर्ष २०७२÷७३ देखि हाल सम्म तीन जना विचौलिया सहित विभिन्न कार्यालयमा कार्यरत २९ जना कर्मचारीलाई घुस रकम सहित रंगेहात पक्राउ गरिसकेको छ। 

विगतमा शिक्षा कार्यालयका उजुरी सबैभन्दा बढि हुने गरेकोमा अहिले आएर शिक्षाको अधिकारी पनि स्थानीय तहमै आएपछि स्थानीय तह विरुद्ध उजुरीको चाङ लागेको हो। सुदूरपश्चिममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय स्थापना भएपछि ६ बर्षको अवधीमा झण्डै पाँच हजार उजुरी परेका छन्।

२०७० सालमा अख्तियारको कार्यालय कञ्चनपुरमा स्थापना भएपछि ६ बर्षको अवधीमा सबै क्षेत्रका चार हजार सात सय ९९ उजुरी परेका हुन्। स्थानीय तह र प्रदेश सरकार आएपछि उजुरी दर्ताको सङख्या पनि बढ्दै गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रवक्ता टोपवहादुर विष्टले बताए। 

अख्तियारको तथ्याङ अनुसार प्रदेशमा सबैभन्दा बढि कैलालीमा र बाजुरा जिल्ला सबैभन्दा कम भ्रष्टाचार हुने गरेको छ। कैलालीमा अख्तियार कञ्चनपुरको कार्यालय स्थापना भएपछि अहिले सम्म एक हजार चार सय १२ उजुरी परेका छन् भने दोश्रो नम्वरमा रहेको कञ्चनपुर जिल्लामा एक हजार एक सय ६२ उजुरी परेका छन्।

पहाडी ७ जिल्लामा सबैभन्दा बढि बैतडीका ५ सय ४७ उजुरी अख्तियारको कार्यालय कञ्चनपुरमा परेका छन्। डडेल्धुरामा तीन सय ८२, डोटीमा तीन सय ६३, दार्चुलामा दुई सय ८२, बझाङमा दुई सय ७३, अछाममा दुई सय ३४ र बाजुरामा एक सय ३० उजुरी अख्तियारमा परेका छन्।
 

कमेन्ट लोड गर्नुस