सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरी नदीमा डुंगा दुर्घटना : ११ जनाको मृत्यु

२०७६ भदौ ३०, ०२:५४ खबर संवाददाता

भारतमा डुगां दुर्घटना हुंदा ११ जनाको मृत्यु भएको छ। भारतको आन्द्र प्रदेशको गोदावरी नदीमा ६१ जना सवार रहेको डुंगा दुर्घटना भएको हो। उक्त डुंगामा ५० जना यात्रु र ११ जना कर्मचारी रहेको बताइएको छ। क्षमता भन्दा बढी यात्रु भएका कारण डुंगा डुबेको अनुमान गरिरएको छ।

घटनामा थुपै्र यात्रुहरु हराइरहेका कारण उद्धारकर्मीहरु परिचालन गरिएको छ। गोदावरी नदीको बीच भागमा रहेको पापीकोंडालु पहाड घुम्न गएकाहरु दुर्घटनामा परेका हुन्। यसैबीच आन्द्र प्रदेशका मुख्यमन्त्री वाइएस जगन मोहन रेड्डीले मृतकका प्रत्येक परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरेका छन्।

यस्तै उता अफ्रिकन मुलुक कंगोमा डुंगा डुब्दा ३४ जना हराइरहेको आशंका गरिएको छ। कंगोको राजधानी किनसासाबाट माइ नोदोम्बे प्रान्त गइरहेको डुंगा दुर्घटना भएको हो। क्षमता भन्दा बढी यात्रु रहेका कारण डुबेको अनुमान गरिएको छ। ७६ जनालाई भने जिवितै उद्धार गरिएको छ।

कमेन्ट लोड गर्नुस