सुदूर नेपाललाई विश्वसँग जोड्दै

हङकङमा विरोध प्रदर्शन : प्रहरीले धरपकड गर्दा प्रदर्शनकारी घाइते

। फोटो स्रोत ।
२०७६ भदौ ३०, ०२:४७ खबर संवाददाता

हङकङमा लोकतन्त्र पक्षधरहरुले गरेको आन्दोलनमा प्रहरीले धरपकड गर्दा थुप्रै प्रदर्शनकारी घाइते भएका छन्। प्रदर्शकारीहरुले प्रहरीमाथि पेट्रोल बम र ढुंगा प्रहार गरेपछि प्रहरीले जवाफी कारवाही स्वरुप अश्रुग्यास र पानीको फोहोरा प्रहार गर्दा उनीहरु घाइते भएका हुन्।

प्रदर्शन गर्न रोक लगाइएका ठाउँहरुमा आन्दोलनकारीर्ले याली निकालेपछि प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्याँस प्रहार गरको हो। जसका कारण कयौं व्यापारीक संयन्त्रहरुमा क्षति पुगेको छ। सुपुर्दगी विधेयकको बिरोधमा सुरु भएको प्रदर्शन अहिले लोकतन्त्रका विभिन्न मुद्दामा केन्द्रित रहने गरेका छन्। हङकङको प्रदर्शन महिनौंसम्म जारी छ।

यसैबीच हङकङको अदालतले प्रदर्शनमा सहभागी नहुन दिएको आदेश अटेर गर्दै आन्दोलनकारीले सरकारी कार्यालय र संसद भवन बाहिर प्रदर्शन जारी राखेका छन्। हङकङ मामिला आफनो आन्तरिक भएको बताउँदै आएको चीनले प्रदर्शनकारीलाई चेतावनी दिएपछि आन्दोलनले झन उग्र रुप लिएको छ।

कमेन्ट लोड गर्नुस