सुदूर नेपाललाई विश्वसँग जोड्दै

जनतामा भ्रम छर्न खोज्नेको प्रतिवाद गर्न प्रचण्डको निर्देशन

२०७६ भदौ ३०, ०१:३२ खबर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले जनतामा भ्रम छर्न खोज्नेको प्रतिवाद गर्न युवा तथा विद्यार्थीलाई निर्देशन दिएका छन्। 

सोमबार तत्कालीन माओवादीका स्वर्गीय नेता पोष्टबहादुर बोगटीको स्मृतिमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई कलिलोमा नै निमोठ्न वा मार्न सकिन्छ भनेर अराजकता, भ्रम र आतंकको वातावरण बनाउने प्रयास भइरहेको बताए।

जनताले ल्याएको परिवर्तन र समाजवादको सपना पूरा गर्न आ–आफ्नो ठाउँबाट भूमिका खेल्न आवश्यक रहेको बताउंदै उनले भने, ‘जनतामा भ्रम छर्ने र हत्केलाले सूर्य छेक्न खोज्ने अराजक तत्वको प्रतिवाद गर्न र उनीहरूबाट सतर्क रहन विशेषगरी युवा र विद्यार्थी साथीहरूलाई विशेष अपिल गर्दछु।’
 

कमेन्ट लोड गर्नुस