सुदूर नेपाललाई विश्वसँग जोड्दै

मलेसियामा जाने कामदारलाई श्रम स्वीकृति दिन सुरु

२०७६ भदौ २९, ०६:०५ खबर संवाददाता

मलेसियामा जाने कामदारलाई श्रम स्वीकृति दिन सुरु गरिएको छ। नेपाल र मलेसियाको श्रम मन्त्रालयका सहसचिवस्तरीय प्राविधिक समितिमा भएको सहमतिअनुसार १५ महिनादेखि बन्द मलेसियाको रोजगारी खुला आइतबारबाट खुला भएको हो। अब नेपालबाट नयाँ कामदार शून्य लागतमा मलेसिया जान पाउनेछन्। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेका अनुसार अब कामदार मलेसिया जाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनीले बेहोर्नेछ। मेडिकलमा भएको खर्च पनि पहिलो महिनाको तलब दिने समयमा रिफन्ड गर्ने छ।

मलेसियाका रोजगारी खुलाउने निर्णय गरेर टोली फर्किएसँगै दुई देशबीच ११ कात्तिकमा भएको श्रम समझदारी कार्यान्वयनमा आएको हो। मलेसियसँग सेक्युरेटी गार्डको हकमा पनि त्यही समझदारी लागू हुनेछ। तत्कालका लागि ३६ वटा पुरानै संस्थामार्फत नै मेडिकल गरेर कामदार लैजान सुरु गरिनेछ।

नेपाल सरकारले मलेसिया खुलाउने गरी नयाँ कामदारको स्वास्थ्य जाँच गर्ने १२२ वटा स्वास्थ्य संस्थाहरु सूचीकरण गरेको छ। बाँकी ८६ संस्थामा मलेसियाले अनुगमन गरेर आगामी नोभेम्बरबाट नयाँलाई स्वीकृति प्रदान गर्न सुरु गर्नेछ। मलेसिया जाने कामदारमाथि विभिन्न बहानामा थप शुल्क लगाएर ठगी गरेको भन्दै सरकारले २०७५ को जेठ १२ गतेबाट मलेसियाका लागि श्रम स्वीकृति दिन रोकेको थियो। श्रममन्त्री गोकर्ण विष्टले ठगी गर्नेमाथि कारवाही अभियान चलाएका थिए।

११ कात्तिकमा मलेसिया जाँदा एक रुपैयाँ पनि शुल्क तिर्नु नपर्ने र लागेको सबै शुल्क रोजगारदाताले नै बेहोर्ने गरी मलेसिया सरकारसँग श्रम समझदारी र्गयो । तर मलेसियाले पुराना भेन्डर मार्फत नयाँ कामदारको भिसा प्रक्रियाअघि बढाउन चाह्यो भने नेपालले त्यसमा सहमति जनाएन।

समझदारीमा हस्ताक्षर भएको १० महिनासम्म रोजगारी नखुल्दा रोजगार व्यवसायीहरु असन्तुष्ट थिए। म्यानपावर कम्पनीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसिया खोल्न ढिलाइ भए पूर्वस्वीकृतिका आधारमा कामदारको अन्तरवार्ता लिन सुरु गर्ने चेतावनी दिएको थियो।

अब भने सरकारले कामदारको हित अनुकुल हुने ग्यारेन्टी गर्दै मलेसियाको रोजगारीलाई  सुचारु गरेको छ। अब मलेसियाले प्रत्याभूत गरेका सेवा सुविधा शर्तहरु पालना गरेर मागपत्र ल्याउने कम्पनीहरुले नेपाली कामदार मलेसियमा पठाउन सक्नेछन्।
 

कमेन्ट लोड गर्नुस