सुदूर नेपाललाई विश्वसँग जोड्दै

भाडामा बस्नेसँग बिजुलीको शुल्क बढी लिने घरबेटीलाई कारबाहि हुन्छ : घिसिङ

२०७६ भदौ २९, ०४:५१

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भाडावालसँग बिजुलीको बढी शुल्क नलिन आग्रह गरेका छन्। केही घरबेटीले प्राधिकरणले तोकेकोभन्दा धेरै शुल्क लिएको गुनासो आएको भन्दै उनले कुनै पनि घरबेटीले भाडामा बस्नेसँग प्राधिकरणले तोकेको शुल्कभन्दा धेरै शुल्क लिए कारबाहि गर्ने चेतावनी समेत दिए। 

उनले भने, ‘घरबेटीले बिजुलीको व्यापार गर्न पाउँदैनन, प्राधिकरणलाई उनीहरुले जति तिर्छन, भाडावालसँगबाट पनि उत्ति नै लिनुपर्छ, बढी लिए कारबाही हुन्छ।’ प्राधिकरणले तोकेकोभन्दा धेरै बिजुलीको शुल्क घरबेटीलाई नदिन पनि उनले आग्रह गरे।

कमेन्ट लोड गर्नुस