सुदूर नेपाललाई विश्वसँग जोड्दै

ज्ञानेन्द्र शाही प्रहरीको ‘सुरक्षा’मा

२०७६ भदौ २९, ०२:३० खबर संवाददाता

‘नेपालका लागि नेपाली अभियान’का अभियान्ता ज्ञानेन्द्र शाहीलाई प्रहरीले सुरक्षा दिएको छ। नेपालगञ्ज घटनाबारे पत्रकार सम्मेलन गरिरहेका शाहीलाई प्रहरीले सुरक्षा दिएको हो।

शनिवार संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई पर्खिदा नेपालगञ्जबाट काठमाडौं उड्ने विमान ढिलो भएपछि शाहीको समूहले विरोध गरेको थियो। त्यसक्रममा मन्त्रीहरुमाथि गालीगलौज समेत भएको थियो।

तर मन्त्रीले झुट बोलेको भन्दै शाहीले त्यसको खण्डन गर्न आइतबार पत्रकार सम्मेलन राखेका थिए। पत्रकार सम्मेलनमा शाही र सहभागीबीच चर्काचर्की भएपछि प्रहरीले उनलाई त्यहाँबाट उद्दार गरेको प्रहरीले जनाएको छ। आफ्ना कारण विमान उड्न करिव १५ मिनेट ढिला भएको भन्दै मन्त्रीले माफी मागेका छन्।

कार्यक्रम कुपण्डोलको सीटी क्याफेमा राखिएको छ।
 

कमेन्ट लोड गर्नुस