सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय कारसहित लागुऔषध ओसारपसारमा संलग्न ५ जना पक्राउ

। फोटो स्रोत ।
२०७६ भदौ २९, ०२:०१ खबर संवाददाता

मकवानपुरमा भारतीय कार सहित लागुऔषध गाँजा र चरेश ओसारपसारमा संलग्न ५ जना पक्राउ परेका छन्। हेटौंडा–१५ रातोमाटे लच्का र राक्सीराङ गाउँपालिकाबाट लागुऔषधसहित पाँच जना पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

हेटौँडा–१५ रातोमाटेबाट लच्का र राक्सीराङ गाउँपालिकाबाट बीआर ०१ पीएफ ७९९८ नम्बरको भारतीय कारमा लुकाएर लैजान लागिएको अवस्थामा तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो। मकवानपुरबाट भारततर्फ लैजान लागिएको ४ केजी ९ सय ग्राम चरेशसहित भारत बिहार मजुफ्फरपुर जिरोमाइरोड बस्ने २८ वर्षीय शिवराज सिंह, यही ठाउँका २४ वर्षीय ज्ञानीकुमार पास्वान र भारत बिहार छपरा बस्ने २४ वर्षीय राजु महतो पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

यस्तै मकवानपुरको राक्सीराङ गाउँपालिका–४ कालिका दोभानबाट १२ केजी ४ सय ग्राम लागुऔषध गाँजासहित २ जना पक्राउ परेका छन् । कैलाश गाउँपालिका –८ बस्ने २६ वर्षीय राजकुमार थिङ र यही ठाउँका २१ वर्षीय दिपेश थिङ पक्राउ परेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस