सुदूर नेपाललाई विश्वसँग जोड्दै

ड्रोन आक्रमणपछि साउदी अरेबियाले घटायो तेलको उत्पादन

२०७६ भदौ २९, ०१:०८ खबर संवाददाता

तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमणपछि साउदी अरेबियाले तेलको उत्पादन घटाएको छ। साउदी अरेबियाले तेल तथा ग्यासको उत्पादनमा कमी गरेको छ। सरकारी स्वामित्वको तेल कम्पनी अरामकोका दुई ओटा ठूला तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि साउदी अरेबियाको तेल तथा ग्यासको उत्पादन प्रभावित भएको हो।  तेल प्रशोधन केन्द्रमा भएको हमलाका कारण तेल उत्पादनमा हरेक दिन ५० लाख ब्यारेल कमी हुने सञ्चार माध्यमले जनाएका छन्। यो साउदी अरबको कुल तेल उत्पादनको आधा हो।

ड्रोन हमलाको जिम्मा यमनको हुथी समूहले लिएको छ। समूहका सैन्य प्रवक्ताले अल मसिरा टेलिभिजनमार्फत आक्रमणमा आफ्नो समूहको सम्लग्नता रहेको दाबी गरेका हुन्। साउदी अरबको राजधानी रियादबाट करिब ३३० किलोमिटर उत्तरपूर्व्स्थित बुक्यापमा रहेको तेल कम्पनी र खुराइस तेल फार्ममा आक्रमण भएको थियो। आक्रमणबाट ठूलो क्षति भएको साउदी अरबको आन्तरिक मामिला मन्त्रालयद्वारा जारी विज्ञप्तिलाई उद्धृत गरी साउदी प्रेस एजेन्सीले उल्लेख गरेको छ।
 

कमेन्ट लोड गर्नुस