सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज इंग्लिस प्रिमियर लिगका ७ खेल हुँदै

२०७६ भदौ २८, ०३:४६ खबर संवाददाता

आज इंग्लिस प्रिमियर लिग फुटबलमा ७ वटा खेल हुँदै छन्। पाँचौं चरणको खेल सुरु हुँदा शनिबार नेपाली समयअनुसार पहिलो खेलमा अपरान्ह सवा ५ बजे लिभरपुल र न्यूक्यासल युनाइटेड आमनेसामने हुँदैछन्। लिभरपुल जारी लिगमा अपराजित रहँदै १२ अंकका साथ शीर्ष स्थानमा छ। न्यू क्यासल ४ अंकसहित १४औंँ स्थानमा छ।

नेपाली समयअनुसार राति पौने ८ बजे ५ वटा खेल सुरु हुने छन्। जसमा १२औँ स्थानको बर्नले तथा १६औं स्थानको ब्राइटन भिड्ने छन्। यस्तै तेस्रो स्थानको लेस्टर सिटी र आठौं स्थानको म्यानचेस्टर युनाइटेड भिड्ने छन्।

१० औं स्थानको सेफिल्ड युनाइटेड र १३ औं स्थानको साउथ ह्याम्पटन पनि पौने ८ बजे नै भिड्ने छन्। चौथो स्थानको क्रिष्टल प्यालेस र नवौं स्थानको टोटनह्याम भिड्दा १० औं स्थानको चेल्सी  र १७ औं स्थानको उल्भरह्याम्पटन पनि भिड्ने छन्।

नेपाली समयअनुसार राति सवा १० बजे दोस्रो स्थानको म्यानचेस्टर सिटी र १९ औं स्थानका नर्विच सिटीले प्रतिस्पर्धा गर्नेछन्।
 

कमेन्ट लोड गर्नुस