सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउदी अरबका सबैभन्दा ठूलो दुई ओटा तेल कम्पनीमा ड्रोनबाट आक्रमण

२०७६ भदौ २८, ०३:४० खबर संवाददाता

साउदी अरबको सबैभन्दा ठूलो तेल कम्पनी साउदी अरामको दुई ओटा प्लान्टमा ड्रोनबाट आक्रमण गरिएको सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन्। 

आधिकारिक साउदी प्रेस एजेन्सीले भन्यो, ‘अरामको औद्योगिक सुरक्षा बलले अब्कैक र खुरैसमा ड्रोनको आक्रमणपछि लागेको आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।’यसअघि पनि साउदी अरबको पूर्वी भागमा रहेको साउदी अरामको दुई ओटा प्लान्टमा विस्फोट र आगलागीको खबर आएको थियो। यद्यपि त्यसमा आगलागीको कारण बताइएको थिएन।

साउदी अराम साउदी अरबको राष्ट्रिय पेट्रोलियम र पाकृतिक ग्यास कम्पनी हो। राजस्वको मामिलामा यो विश्वको कच्चा तेलको सबैभन्दा ठूलो कम्पनी हो। साउदी अरामलाई आतंकवादी निशाना बनाइँदै आएको छ। आतंकवादी संगठन अल कायदाको आत्मघाती विस्फोटले सन् २००६ को फेब्रुअरीमा यी तेल कम्पनीमा आक्रमण गर्ने कोसिस गरेको थियो तर त्यो सफल भएन।  

कमेन्ट लोड गर्नुस