सुदूर नेपाललाई विश्वसँग जोड्दै

रतुवा मारेको आरोपमा ७ जना पक्राउ

। फोटो स्रोत ।
२०७६ भदौ २८, ०२:४२ खबर संवाददाता

सल्यानमा जंगली जनावर रतुवा मारेको आरोपमा ७ जना पक्राउ परेका छन्। जिल्लाको कुमाख गाउँपालिका वडा नम्बर ३ का गणेस केसी, शिवकुमार शाही, कांसे रावत, देवस्थल केसी, लिलाधर केसी, तेजबहादुर केसी र सोबे बुढालाई इलाका प्रहरी कार्यालय रागेचौर सल्यानले पक्राउ गरेको हो। 

कुकुरले टोकेर घाइते भएको रतुवालाई नियन्त्रणमा लिइ उनीहरुले मारेका थिए। इलाका प्रहरी कार्यालय रागेचौरले पक्राउमा परेका सातै जनालाई डिभिजन वन कार्यालयमा बुझाएको छ। पक्राउमा परेकालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ।

पक्राउमा परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको जनाइएको छ। अपराध पुष्टी भएमा उनीहरुलाई वन ऐन तथा राष्ट्रिय निकुन्ज ऐन अनुसार कारबाही हुने बताइएको छ।

 

कमेन्ट लोड गर्नुस