सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहिरोले पुरिएर एकै परिवारका ६ जनाको मृत्यु

। फोटो स्रोत ।
२०७६ भदौ २७, ०२:१२ खबर संवाददाता

रोल्पामा पहिरोले पुरिएरले एकै परिवारका ६ जनाको मृत्यु भएको छ। जिल्लाको थबाङ गाउँपालिका–२ छेर्लोबाङ झार्नेकी २८ वर्षीया श्रीकुमारी बुढा र उनका ४ वर्षीय छोरा असल बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पहिरोमा परेर श्रीकुमारीको ३८ वर्षीय जेठाजू जय बुढासहित बुढाका श्रीमती र दुई छोरीको पनि मृत्यु भएको छ। बुढाका ३६ वर्षीया श्रीमती मूल ज्योति, ९ वर्षीया छोरी देवकी र २ वर्षीया छोरी करिश्माको पनि पहिरोमा परेर मृत्यु भएको रोल्पा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार एकान्तमा रहेको घर पुरिएको स्थानीयले विहानमात्रै थाहा पाएका थिए। पहिरोमा पुरिएका श्रीकुमारी बुढा र उनको ४ वर्षीय छोरा असलको शव विहान निकालिएको थियो। श्रीकुमारीको जेठाजूसहितको ४ जना सदस्यको शव भने मध्यान्ह निकालिएको थियो।

कमेन्ट लोड गर्नुस