सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमर्यादित टिप्पणी नगर्न नेकपा सुदूरपश्चिमको कार्यकर्तालाई निर्देशन

२०७६ भदौ २७, १२:०९ खबर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिमले सार्वजनिक रुपमा अमर्यादित टिकाटिप्पणी नगर्न आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएको छ। सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएसंगै नेकपाले नेता कार्यकर्तालाई अमर्यादित टिकाटिप्पणी नगर्न दिर्नेशन दिएको हो। दुई दिन सम्म धनगढीमा बसेको प्रदेश कमिटीको बैठकका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै पार्टीका सुदूरपश्चिम ईन्चार्ज भीम रावलले पार्टीगत निर्णय भन्दा बाहिर गएर काम नगर्न निर्देशन दिएका हुन।

नेकपाले एक प्रेस विज्ञप्ती जारी गर्दै सुदूरपश्चिम प्रदेशका सबै स्थानीय संगै वडाहरुमा पनि एकिकृत पार्टी कमिटीहरु निर्माण गरिएको जनाएको छ भने जिल्ला कमिटी एवं वडा, टोल, शाखा र सेल कमिटीको कार्यालयमा रहने व्यक्तीको संख्या र मापदण्ड पनि तय गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ। योसंगै पार्टी एकतापछि गठन भएका कमिटीका पदाधिकारी एव्म सदस्यहरुको शपथ अगामी असो १५ गते भित्र गरिसक्नुपर्ने भएको छ।

आगामी कार्तिक एक गते देखि तीन गते सम्म स्थानीय तहका जनप्रतिनिधीको लागि प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रम संञ्चालन गरिने दुई दिन सम्म चलेको बैठकले निर्णय गरेको छ। शुक्रबार जारी विज्ञप्तीमा पार्टीको विधि, प्रक्रिया, अनुशासनलाई पार्टी पंक्तिले पालना गर्ने र नेता कार्यकर्ता, सदस्यहरुले एकअर्काका विरुद्ध सामाजिक सञ्जालमा र सार्वजनिक रुपमा अमयाएदित टिकाटिप्पणी नगर्न समेत उल्लेख गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस