सुदूर नेपाललाई विश्वसँग जोड्दै

दसैंका लागि असोज ५ देखि अग्रिम टिकट बुकिङ खुल्ने

फाइल फोटो
फाइल फोटो
२०७६ भदौ २६, ०५:१९

दसैंका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ। बिहीबार यातायात व्यवस्था विभाग र नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघबीच यस्तो सहमति भएको हो। भाडा समायोजनको जिम्मा सरकारलाई दिँदै ५ गतेबाट अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको महासंघका प्रवक्ता सरोज सिटौलाले बताए।

काठमाडौंलाई कर्मथलो बनाउने अधिकांश मानिस विशेष पर्वको अवसरमा घर जाने गर्छन्। लाखौंको संख्यामा घर फर्किने सर्वसाधारणाको यात्रा सहज बनोस् भनेर सरकारले अग्रिम टिकट बुकिङ खुला गर्दै आएको छ।
 

कमेन्ट लोड गर्नुस