सुदूर नेपाललाई विश्वसँग जोड्दै

बसमा यात्रा गरिरहेकी किशोरीलाई बलात्कार गर्न खोजेको आरोपमा दुई जना पक्राउ

२०७६ भदौ २६, ०४:०९ खबर संवाददाता

मोरङमा बसमा यात्रा गरिरहेकी १५ वर्षीया किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। बसमा यात्रा गरिरहेको समयमा गत भदौ २२ गते किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रङ्गेली नगरपालिका–३ का बस चालक ३७ वर्षीय किरण खड्का र उर्लाबारी नगरपालिका– ४ का सहचालक १९ वर्षीय सन्तोष न्यौपानेलाई पक्राउ गरेको हो।

बेलबारी नगरपालिकामा रहेको बेतना सिमसार घुमेर ना ६ ख ९३४४ नम्बरको बस चढेकी किशोरी झापा दमकमा उत्रन लागेको बेला उनीहरुले बस घुमाएर मोरङको रङ्गेली नगरपालिका– ९मा ल्याएर बसभित्रै बलात्कार प्रयास गरेका हुन्।

बलात्कार प्रयास गर्दै गर्दा किशोरी चिच्याएपछि स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए। पक्राउ गरिएका उनीहरुलाई इलाका प्रहरी कार्यालय रंगेलीले मुलुकी अपराध संहिता २०७६ बमोजिम म्याद थप गरी अनुसन्धान भई रहेको मोरङ प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस