सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्थमन्त्री डा. खतिवडालाई तत्काल बर्खास्त गर्न माग

२०७६ भदौ २६, ०३:४९ खबर संवाददाता

स्वतन्त्र शेयर लगानीकर्ताहरुल अर्थमन्त्री डा. युवराज खतिवडालाई तत्काल बर्खास्त गर्न माग गरेका छन्। उल्टो नीति र ब्यवहार प्रदर्शन गरि गैरजिम्मेवार बनेको आरोप लगाउँदै  खतिवडालाई बर्खास्त गर्न माग गरेका हुन्। डा. खतिवडा पूँजीबजारका लागि गैरजिम्मेवार बनेको स्वतन्त्र शेयर लागानीकर्ताहरुले आरोप लगाएका छन्।

बुधबार भृकुटीमण्डपमा बसेको ५० बढी स्वतन्त्र शेयरकर्ताहरुले ३५ खर्बको पूँजीबजार क्षति भएर १४ खर्बमा झरि अर्थतन्त्र नै संकटमा परेको बेला समेत अर्थमन्त्री खतिवडाले उल्टो नीति र ब्यवहार प्रदर्शन गरेको आरोप लगाएका छन्। लगानीकर्ताहरुले भेलाले पूँजी बजार संकटमा पर्नुमा मुद्रा तथा पूँजीबजारको सम्बन्धमा अध्ययन गर्न गठीत कार्यदलले दिएको ५८ बुँदै सुझाब २०७६ असार मसान्त भित्रै कार्यावन्यन नहुनु रहेको जिकिर गरेका छन्।

उनीहरुले भदौ मसान्तभित्र ५८ बुँदे निर्णय बमोजिमका सबै कार्यहरु पूरा नगरे आफुहरु कडा संघर्षमा उत्रिने र यसको जिम्मेवारी सबै सरकारले व्यर्होने चेतावनी समेत दिएका छन्।

कमेन्ट लोड गर्नुस