सुदूर नेपाललाई विश्वसँग जोड्दै

सौर्यमण्डल बाहिरको ग्रहमा पहिलो पटक पानी भेटियो

२०७६ भदौ २६, ०१:२५ खबर संवाददाता

खगोलविद्ले पानी भएको ग्रह भेटिएको दावी गरेका छन्। निकै परको एउटा ताराको ह्याबिटिएबल जोनलाई परिक्रमा गरिरहेको ग्रहमा पहिलोपटक पानी भेटिएको खगोलविद्ले बताएका हुन्। के २ – १८ बी नाम गरेको यो ग्रहमा पानी भेटिएपछि त्यहाँ एलियन वा अरु कुनै प्राणी हुनसक्ने अनुमान गरिएको बीबीसीले उल्लेख गरेको छ।

अबको १० वर्ष्भित्र नयाँ टेलिस्कोपले के २ – १८ बीको पर्यावरणमा जीवित प्राणीबाट उत्पादन भएको ग्यास छ वा छैन भन्ने पत्ता लगाउन सक्ने पनि खगोलविद्ले बताएका छन्। वैज्ञानिकहरुले यस ग्रहमा पानी र जीवन जिउने मिल्ने अनुसारको तापमान भेटेका छन्। यो ग्रह पनि पृथ्वी जस्तै भएको र आकारमा पनि कैयौँ गुणा ठूलो भएको उनीहरुको भनाइ छ। यसलाई सुपर अर्थ पनि भनिन्छ। 

टोरन्टो विश्वविद्यालय क्यानडाका वैज्ञानिकहरुका अनुसार चट्टानी सतह भएको यो ग्रहमा जीवन जिउने सम्भावना धेरै छ। शोधकर्ताहरुका अनुसार ’के २–१८ बी’ अब वायुमण्डलीय अध्ययनका लागि महत्वपूर्ण हुनेछ। एक्सोप्लानेट के हो त ? सूर्यको अलावा अरु कुनै तारालाई परिक्रमा गर्ने ग्रह नै एक्सोप्लानेट हो। यो ग्रह हाम्रो सौर्यमण्डलको बाहिर कुनै ताराको परिक्रमा गर्दछ।

पृथ्वीमा पानीको स्रोत कम हुँदै गएको अवस्थामा यो खबर निकै महत्वपूर्ण मानिएको छ। यस्तो अवस्थामा वैज्ञानिकहरु दोस्रो ग्रहमा जीवनको सम्भावना खोजिरहेका छन्। यो ग्रह पृथ्वीबाट ११० प्रकाश वर्ष टाढा छ। 
 

कमेन्ट लोड गर्नुस