सुदूर नेपाललाई विश्वसँग जोड्दै

झुलाघाटमा पुल निर्माणको माग गर्दै प्रधामन्त्रीलाई ज्ञापन

२०७६ भदौ २५, ०४:४३ खबर संवाददाता

बैतडीबाट भारत जोड्न झुलाघाटमा मोटरेवल पूल निर्माणको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईएको छ। बैतडी समाज कैलालीले पुल निर्माणको माग राख्दै ज्ञापनपत्र बुझाएको हो। बैतडी समाज कैलालीका अध्यक्ष मायाप्रकाश भट्ट सहीतको टोलीले झुलाघाटमा पक्की पुल निर्माणका लागि बुधबार प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो। 

झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि बैतडीबासीले दुई दशकदेखि शान्तिपूर्ण रुपमा दबाब दिदै आएका भएपनि अहिले सम्म पक्की पुल निर्माणको प्रmित्रया अगाडी बढेको छैन्।  २०५९ सालमा १० हजार बैतडीबासीको हस्ताक्षर संकलन गरेर तत्कालिन सरकार र भारतीय राजदुताबासलाई ज्ञापन पत्र बुझाएको भएपनि अहिले सम्म कुनै सुनुवाई नभएको बैतडी समाज कैलालीको गुनासो छ। 

उद्योग बाणिज्य संघका अध्यक्षको संयोजकत्वमा झुलाघाट पक्की पुल निर्माण संघर्ष समिति गठन गरि २२ गतेदेखी बैतडीमा रिले अनसन समेत सुरु गरिएको छ। झुलाघाटमा पक्की पुल नभएकै कारण भारतीय धार्मिक पर्यटकहरुलाई भि¥याउन सकिएको छैन् भने यो क्षेत्रमा आर्थिक गतिविधिमा समेत असर पारेको छ। भारत सरकारका तर्फबाट २०५६ सालमा पुल निर्माणका लागि सर्वे गरिएको भएपनि त्यसपछि कुनै काम अघि बढ्न सकेको छैन्। 
 

कमेन्ट लोड गर्नुस