सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेकपाद्धारा दुई जिल्लाका पदाधिकारीलाई सपथ

। फोटो स्रोत ।
२०७६ भदौ २५, १२:४७ खबर संवाददाता

झडप र विवादकाबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश २ का दुई जिल्लाका पदाधिकारीहरुलाई शपथ ग्रहण गराइएको छ। असन्तुष्ट हुँदै विरोधमा उत्रेका नेकपाका नेता तथा कार्यकर्ता घर फर्केपछि मंगलबार साँझ सिरहा र सप्तरीका जिल्ला पदाधिकारीलाई शपथ ग्रहण गराइएको हो। मंगलबार महोत्तरीको बर्दिबासमा नेकपा प्रदेश कमिटीले शपथ ग्रहण समारोह आयोजना गरेको थियो। पहुँचवाला नेताले आफ्ना आसेपासेलाई जिल्ला पदाधिकारीमा चयन गरेको र पार्टीका सक्रिय नेता कार्यकर्तालाई बेवास्ता गरेको भन्दै असन्तुष्टपक्षले शपथग्रहण समारोहलाई विथलोपछि दिउँसो झडप भएको थियो। 

नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेलमाथि हातपातको समेत प्रयास गरेको थियो। झडपमा केही नेता कार्यकर्ता समान्य घाइते भएका थिए। झडपलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज समेत गरेको थियो। दुईतर्फी झडपपछि असन्तुष्ट नेता तथा कार्यकर्ता शपथ ग्रहण समारोह स्थगित गर्न माग गर्दै त्यहाँ साढे ६ बजेसम्म बजेसम्म धर्ना दिएका थिए। तर उनीहरु घर फर्केपछि नेकपाका प्रदेश कमिटीले सिरहा र सप्तरीका जिल्ला पदाधिकारीलाई शपथ ग्रहण गराएका थिए। प्रदेश २ का नेकपाका इन्चार्ज तथा प्रदेश संसदीय दलका नेता सत्यनारायण मण्डलले जिल्ला पदाधिकारीहरुलाई शपथ ग्रहण गराएको हो।
 

कमेन्ट लोड गर्नुस