सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुखले च्यापेर एक जनाको मृत्यु, एक जना घाइते

फाइल फोटो
फाइल फोटो । फोटो स्रोत ।
२०७६ भदौ २५, १०:०८ खबर संवाददाता

दाङमा रुखले च्यापेर एक बालकको मृत्यु भएको छ भने एक बालक घाइते भएका छन्। 

बिद्यालयबाट घर फर्किने क्रममा मंगलबार जिल्लाको बंगलाचुली गाउँपालिका वडा नम्बर ६ सोतीटोलका १० वर्षीय छोरा सुजन खत्रीको रुखले च्यापेर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घाइते भएका अर्का ९ वर्षीय बालक तिलक खत्रीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ। प्रहरीले जनाएको छ।

स्थानीय खमारी च्युुरिडाँडा प्राथमिक विद्यालयबाट घर फर्कने क्रममा मंगलबार बेलुकी रुख ढलेर उनीहरुलाई थिचेको थियो ।

कमेन्ट लोड गर्नुस