सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्रम्पद्धारा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई पदबाट बर्खास्त

२०७६ भदौ २५, ०८:४८ खबर संवाददाता

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लहकार जोन बोल्टनलाई पदबाट बर्खास्त गरेका छन्। बोल्टनले अफगानिस्तादेखि इरानसम्मका विभिन्न विदेश मामिलाका चुनौतीका विषयमा फरक मत राखेका कारण राष्ट्रपति ट्रम्पले उनलाई पदबाट बर्खास्त गरेका हुन्। राष्ट्रपति ट्रमपले ट्विटमार्फत बोल्टनसँग आफू असहमत रहेको कारण राजीनामा माग गरेको बताएका छन् । तर, बोल्टनले भने आफूले नै राजीनामा गरेको प्रतिक्रिया सार्वजनिक गरेका छन्। बोल्टन २०१८ यता पदमा रहेका ट्रम्पका तेस्रा सुरक्षा सल्लहकार हुन्। (यो खबर बीबीसीले लेखेको छ।)

बोल्टन ट्रम्पले इरानविरुद्ध अपनाएको कडा रवैयाका प्रमुख योजनाकार थिए। बोल्टन विदेश नीतिका विज्ञसमेत थिए। ट्रम्पले तेहरानका नेताहरुसँग छलफल गर्न चाहेको भन्ने विषयको बोल्टनले बोरोध जनाएका थिए। बोल्टनका कारण गत फेब्रुअरीमा उत्तर कोरियासँग परमाणु निःशस्त्रीकरण समबन्धी शिखर वार्ता सफल हुन नसकेको अमेरिकी अधिकारीहरुले बताएका छन्। उनले तालिवानसँग अमेरिकाले गरेको शान्तिवार्ताको समेत विरोध गरेका थिए जुन ट्रम्पले रद्द गरेका थिए। 

कमेन्ट लोड गर्नुस