सुदूर नेपाललाई विश्वसँग जोड्दै

अलिबाबाका संस्थापक ज्याक मालेद्धारा राजीनामा

२०७६ भदौ २४, ०६:०४ खबर संवाददाता

चिनियाँ इ–कमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक माले  राजीनामा दिएका छन्। अलिबाबाका अध्यक्ष माले ५५ वर्ष लागेसँगै मंगलबार राजीनामा दिएका हुन्। ह्वाङजाउस्थित एक खेल रंगशालामा उनले आज आफ्नो जन्मदिन र राजीनामाको उत्सव मनाउँदै छन्।  उनी सन् १९६५ सेप्टेम्बर १० मा जन्मेका हुन्।

विद्यालयमा अंग्रेजी पढाउने माले २० वर्षअघि त्यही ठाउँमा अलिबाबाको स्थापना गरेका थिए। उनले एक वर्षअघि नै राजीनामा दिने घोषणा गरेका थिए। माले बाँकी जीवन  परोपकारी कार्यमा लगाउने बताएका छन्। उनले सन् २०१४ मा ज्याक मा फाउन्डेसन खोलेका थिए।

उनले भनेका छन्, ‘मसँग अझै पूरा गर्नुपर्ने धेरै सपना छन्। मलाई चिनेकाहरूलाई थाहा छ म केही नगरी बस्न सक्ने मान्छे होइन। संसार निकै ठूलो छ र म नयाँ चिजका लागि प्रयास गर्न चाहन्छु।’ 

माको राजीनामापछि ड्यानियल झ्याङ अलिबाबाका अध्यक्ष हुनेछन्।  अलिबाबाको मूल्य अहिले ४ सय ८० अर्ब डलर छ।  फोर्बस पत्रिकाका अनुसार  माको सम्पत्ति ३८ दशमलव ६ अर्ब डलर छ।

कमेन्ट लोड गर्नुस