सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानसेनापति थापाद्धारा सम्पत्ति विवरण सार्वजनिक

२०७६ भदौ २४, ०५:४३

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा आफ्नो १ वर्षे कार्यकालमा सम्बोधन गर्दै प्रधानसेनापति थापाले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।

सेनाभित्र भ्रष्टाचार छानबिन हुँदैन त्यसैले अनियमितता हुन्छ भन्ने आरोप लागेकोले अब त्यसबारेमा पनि छानबिन हुने उनले बताए। उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनीसँग ५५ तोला सुन, ५९० तोला चाँदी र १० लाख बराबरको हार खरिद गरिएको उल्लेख छ।

यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा २३ लाख नगद, ग्लोबल आइएमइ बैंकको खातामा ४२ हजार र उनको श्रीमतीको नाममा ५० हजार नगद रहेको उल्लेख छ। श्रीमती र छोरीको नाममा ४३ लाख बराबरको सेयर रहेको सम्पत्ति  विवरणमा उल्लेख छ। यसका साथै उनको काठमाडौं, नवलपरासी, लमजुङमा जग्गा समेत रहेको छ। सेना राष्ट्रिय सुरक्षा हेर्ने संवेदनशील संगठन भएता पनि आफूले पारदर्शीताको लागि सम्पत्ति विवरण सार्वजनिक गरेको उनले बताए।

‘सम्पति विवरण सार्वजनिक गरेको छु। आजै हाम्रो वेबसाइटमा हेर्न सकिन्छ। अन्य सैनिक सबैले सार्वजनिक गर्न सक्नुहुनेछ’, उनले भने,‘सम्पत्ति विवरण गोप्य राखिनेछ कसैले चाहनुहुन्छ भने सम्पत्ति सार्वजनिक गर्न सक्नुहुनेछ। राष्ट्रिय सुरक्षा हेर्ने संवेदनशील संगठन भएकाले सेनाभित्रको आर्थिक गतिविधि छानबिन नगरिएको हो। यसलाई दुरूपयोग नगरौं।’

गलत प्रवृत्तिलाई भत्काउन ढिला गर्न नहुने र राम्रा संस्कारलाई जोगाउन ढिला नगर्ने उनको भनाई छ। नेपाली सेनामा गरिएको सर्वेक्षणबाट आफूले गरेको काम ७० प्रतिशत भन्दा बढी सफल भएको उनले बताए।

कमेन्ट लोड गर्नुस