सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वकप फुटबल छनोटमा नेपालले लियो चाइनिज ताइपेईविरुद्ध १–० को अग्रता

२०७६ भदौ २४, ०५:२९ खबर संवाददाता

विश्वकप छनोट प्रतियोगिताअन्तर्गत मंगलबार भैरहेको खेलमा नेपालले चाइनिज ताइपेईविरुद्ध १–० को अग्रता लिएको छ।नेपालका लागि खेल सुरु भएको तीन मिनेटमै अञ्जन विष्टले गोल गर्दै अग्रता दिलाएका हुन्। नेपाली समयअनुसार ४ः५५ बजेदेखि खेल सुरु भएको हो।

ताइपेईविरुद्धको खेलका लागि नेपाली प्रशिक्षक योहान कलिनले एक जना मात्र फरवार्ड राखेका छन्। फरवार्डमा विमल घर्ती मगर मात्र रहेका छन्। कुवेतविरुद्धको खेलमा जस्तै ताइपेईविरुद्ध पनि कलिनले पाँच जना मिडफिल्डर उतार्ने भएका छन्। मिडफिल्डरमा विशाल राई, सुजल श्रेष्ठ, रविशंकर पासवान, अञ्जन विष्ट र रोहित चन्द छन्। त्यस्तै डिफेन्समा अनन्त तामाङ, दिनेश राजवंशी, देवेन्द्र तामाङ र रञ्जित धिमाल छन्।
 

कमेन्ट लोड गर्नुस