सुदूर नेपाललाई विश्वसँग जोड्दै

महिला फुटबल : ताजकिस्तानलाई १–० ले पराजित गर्दै नेपाल फाइनलमा

२०७६ भदौ २४, ०३:३७ खबर संवाददाता

नेपाली महिला फुटबल टोली किर्गिस्तानमा जारी नादेज्दा फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। मंगलबार भएको खेलमा ताजकिस्तानलाई १–० गोलले पराजित गर्दै नेपाली महिला फुटबल टोलीले फाइनलमा स्थान बनाएको हो। नेपालको जितका लागि सावित्रा भण्डारीले एक गोल गरिन्। पहिलो हाफ गोलरहित बनेको खेलमा सावित्राले खेलको ८६ औँ मिनेटमा गोल गरेकी हुन्।

नेपालले पहिलो खेलमा आयोजक किर्गिस्तानलाई ८–२ गालले पराजित गरेको थियो भने सोमबार भएको आफ्नो दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २–० ले पराजित भएको थियो। उपाधिका लागि नेपालले उज्वेकिस्तानको सामना गर्नेछ। उज्वेकिस्तान आफ्ना दुई खेलमा लगातार विजयी हुँदै यसअघि नै फाइनल पुगिसकेको छ।

कमेन्ट लोड गर्नुस