सुदूर नेपाललाई विश्वसँग जोड्दै

रेडियो नेपाल दीपायलबाट निष्कासित पत्रकारको पुनर्बहालीको माग गर्दै सिंहदरबारभित्र धर्ना

२०७६ भदौ २४, ०१:५२ खबर संवाददाता

रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासित तीन जना पत्रकारको पुनर्बहालीको माग गर्दै नेपाल पत्रकार महासंघले सिंहदरबारभित्रै प्रवेश गरेर धर्ना तथा प्रदर्शन गरेको छ। तीन जना पत्रकारको पुनर्बहालीसँगै श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक कार्यान्वयनको माग राख्दै धर्ना तथा प्रदर्शन गरिएको हो। 

महासंघका सचिवसमेत रहेका श्रमजीवी हित प्रवद्र्धन समितिका संयोजक रामप्रसाद दाहालको नेतृत्वमा पत्रकारहरुले मंगलबार सिंहदरबारभित्र प्रवेश गरेर रेडियो नेपालको स्टुडियो भवन परिसरमा आधा घण्टा धर्ना दिएका हुन्। 

धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै महासंघ सचिव दाहाल, नेपाल प्रेस यूनियनका महासचिव अजयबाबु शिवाकोटी, महासंघ डोटीका अध्यक्ष योगेन्द्र बलायर, महासंघ रेडियो नेपाल शाखाका अध्यक्ष दुर्गा फुयाल लगायतले माग सम्बोधन गर्न रेडियो नेपालसँग माग गरे।

रेडियो नेपालले केही दिनअघि महासंघ डोटीका उपाध्यक्ष सुनिता रावल, सहसचिव प्रकाश बम र सदस्य चक्र कुँवरलाई निष्कासन गरेको थियो। 
 

कमेन्ट लोड गर्नुस