सुदूर नेपाललाई विश्वसँग जोड्दै

भरतीय प्रधानमन्त्री मोदी भन्छन् - नेपालको प्राथमिकता अनुसार विकासमा सहयोग गर्छौं

२०७६ भदौ २४, ०१:१० खबर संवाददाता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्राथमिकताअनुसार विकासमा सहयोग गर्ने बताएका छन्। नेपाल भारत पेट्रोलियम पाइपलाइनको संयुक्त उद्घाटनपछि उनले अपेक्षा गरेभन्दा अगाडि नै काम भएको भन्दै खुशी व्यक्त गरे।

भिडियो लिंकमार्फत सम्बोधन गरेका उनले नेपाल भारत सहयोगका परियोजनाहरुको काम सन्तोषजनक रहेको बताउंदै दुई देशको राजनीतिक नेतृत्व नियमित सम्पर्कमा रहेको र नेपालका प्रधानमन्त्रीसँग आफ्नो चार पटक भेटवार्ता भएको बताए। उनले भने, यसले आपसी विश्वास पक्का भएको छ र परस्पर हितका विषयमा समझदारी अझ मजबुत भएको छ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणका लागि दिएको निम्तो स्वीकार गर्दै छिट्टै आउने बचन पनि दिएका छन्।

कमेन्ट लोड गर्नुस