सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीद्धारा पेट्रोलियम पाइपलाइन उदघाटन

२०७६ भदौ २४, १२:५० खबर संवाददाता

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उदघाटन गरेका छन्। ओलीले सिंहदरबार र मोदीले दिल्लीबाट स्विच थिचेर पाइपलाइनको उदघाटन गरेका हुन्। उदघाटन कार्यक्रमका लागि अहिले दुवै देशका प्रधानमन्त्री भिडियो कन्फ्रेन्समा जोडिएका छन्। पेट्रोलियम पाइपलाइनको उदघाटनपछि बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पाइप लाइन सञ्चालनमा आउनु नेपालका लागि उपलब्धिमूलक भएको बताए।
 

कमेन्ट लोड गर्नुस