सुदूर नेपाललाई विश्वसँग जोड्दै

बीपी कोइरालाको १०६ औँ जन्मजयन्ती मनाइँदै

२०७६ भदौ २४, १०:३६ खबर संवाददाता

नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १ सय ६ औँ जन्मजयन्ती मंगलबार मनाइँदैछ। बीपीको सम्झनामा कांग्रेसले मंगलबारदेखि दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सुरु गर्दैछ। २०१५ सालको आम चुनावमा कांग्रेसले दुई तिहाई बहुमत पाएपछि पहिलो जननिर्वा्चित प्रधानमन्त्री बनेका बीपीले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे। तर उनी नेतृत्वको सरकारले २ वर्ष पनि काम गर्न नपाउँदै राजा महेन्द्रले पञ्चायती ब्यवस्था लागु गरेका थिए। 

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका बीपी १९७१ साल भदौ २४ गते जन्मिएका हुन्। राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका लागि २००३ सालमा बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय काँग्रेस स्थापना भएको थियो। बीपीको अगुवाइमा २००७ सालको क्रान्ति सफल भएको थियो। राणा शासनको विरोध गर्दै गरिब किसानले लगाएका लुगा राणा प्रधानमन्त्री चन्द्र शमशेरलाई पठाएपछि बुवा कृष्णप्रसाद कोइराला भारत निर्वासनमा जानुपरेका थिए।

भारतमै रहँदा उनले भारतीय स्वतन्त्रता संग्राममा पनि भाग लिए। तर, भारतमा रहेर प्रजातन्त्र पुनःस्थापनाका लागि संघर्ष गर्दा राष्ट्रियता कमजोर भएको निष्कर्षसहित उनी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फकि

कमेन्ट लोड गर्नुस