सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश २ लोक सेवा आयोगका अध्यक्षद्धारा शपथ ग्रहण

। फोटो स्रोत ।
२०७६ भदौ २२, ०५:१० खबर संवाददाता

आइतबार प्रदेश २ लोक सेवा आयोगका अध्यक्ष प्रा. डा. सुरेन्द्र प्रसाद यादवले शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले यादवलाई पद तथा गोपनियताको शपथ गराएका हुन्। उनी सिराहाको सुर्यनारायण सत्यनारायण मोडबैता यादव बहुमुखी क्याम्पसका सह प्रध्यापक हुन्।

मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सिफारिस समितिले गत भदौ ५ गते डा. यादवलाई प्रदेश लोकसेवा आयोग अध्यक्षमा नियुक्त गरेको थियो।

यस्तै मुख्यमन्त्री राउतकै अध्यक्षतामा प्रदेश नीति आयोगको उपाध्यक्षमा डा. भोगेन्द्र झालाई नियुक्त गरिएको छ। झालाई पनि सोही कार्यक्रममा नियुक्ति पत्र दिइएको हो। मधेश भवनको कभर्ड हलमा आयोजित एक समारोहकाबीच लोक सेवा आयोगमा तीन साताअघि नियुक्त यादवलाई शपथ ग्रहण गराइएको हो।

यसअघि नीति आयोगको उपाध्यक्षमा डा. हरिबंश झालाई नियुक्त गरिएको थियो। तर डा. हरिबंश झा एक सार्वजनिक कार्यक्रममा प्रदेश सरकारको बिरोध गर्दै मन्तव्य व्यक्त गरेका थिए।
 

कमेन्ट लोड गर्नुस