सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा तालिवानसँगको शान्ति वार्ता रद्द

। फोटो स्रोत ।
२०७६ भदौ २२, ०५:०२ खबर संवाददाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिवानसँगको शान्ति वार्ता रद्द गरेका छन्। आइतबार हुने भनिएको तालिवानका वरिष्ठ नेतासँगको वार्ता रद्द गरेको उनले ट्वीटमार्फत जानकारी दिएका हुन्। तालिवानले अफगानिस्तानको राजधानी काबुलमा गरेको आक्रमणमा अमेरिकी सेनाको ज्यान गएपछि वार्ता रद्द गरेको उनको भनाइ छ। 

यसअघि गत सोमबार भएको वार्तामा अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना ५ हजार ४ सय सैनिक २० हप्ताभित्र फिर्ता लैजाने सहमति गरेको थियो। अमेरिकी र तालिवानी प्रतिनिधिबीच ९ चरणमा शान्ति वार्ता भैसकेको छ।

कमेन्ट लोड गर्नुस