सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौहत्या नरोकिए सनातन हिन्दू राज्यको पक्षमा आन्दोलन चर्काउने चेतावनी

२०७६ भदौ २२, ०४:३४ खबर संवाददाता

नेपाली कांग्रेसका नेता देवेन्द्र राज कँडेलले गौहत्या नरोकिए संसद र सडकबाट सनातन हिन्दू राज्यको पक्षमा आन्दोलन चर्काउने चेतावनी दिएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सनातन हिन्दू राज्यको पक्ष र विपक्षमा जनमत संग्रहको माग लिएर आन्दोलनमा जानुपर्ने अवस्था आएको र नियतवश गौहत्या बढेको बताए।

गौहत्यामा सजाय कम रहेको भन्दै गैंडा, बाघ जस्ता जनावरको हत्या गर्नेलाई ५ वर्षदेखि १५ वर्षसम्म सजाय तोकिएकोमा गौहत्यामा विभेद कायम रहेको बताए। कँडेलले देशका सबै हिन्दू र ओमकार परिवारले हिन्दू राज्य र संविधान परिवर्तनका लागि आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको समेत बताए।

कमेन्ट लोड गर्नुस