सुदूर नेपाललाई विश्वसँग जोड्दै

बहुविवाह गर्ने जेल चलान

२०७६ भदौ २२, ०७:०९ खबर संवाददाता

भोजपुरमा दोस्रो विवाह गर्नेलाई एक वर्ष ६ महिना कैदको फैसल्ला सुनाएको छ। जिल्लाको आमचोक गाउँपालिका–९ दुम्मानाका ३१ वर्षीय जितबहादुर श्रेष्ठलाई जिल्ला अदालत भोजपुरले एक वर्ष ६ महिना कैद र १० हजार जरिबानाको फैसला गरेको हो।

अदालतले श्रेष्ठसँग विवाह गरेकी कान्छी श्रीमती ३१ वर्षीया रत्नमाया श्रेष्ठलाई १ वर्ष कैद र १० हजार जरिबाना फैसला  गरेको छ। त्यस्तै अदालतले पीडकहरुबाट पीडितलाई ५ हजार क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालत भोजपुरले जनाएको छ।

जिल्ला न्यायाधीश खिलनाथ रेग्मीको इजलासले उनीहरुलाई कैद, जरिवाना र क्षतिपूर्तिको फैसला गरेको हो। श्रेष्ठको जेठी श्रीमती पूर्णमाया श्रेष्ठले श्रीमानले कान्छी श्रीमती ल्याएको भन्दै प्रहरीमा उजुरी दिएपछि उनीहरुलाई गएको जेठ १९ गते प्रहरीले पक्राउ गरेको थियो।

उनीहरुलाई मुलुकी अपराध संहिताको दफा १ सय ७५ को उपदफा १ र २ बमोजिम बहुविवाहको कसुर ठहरिएकोले कैद, जरिबाना र क्षतिपूर्तिको फैसला गरेको हो।
 

कमेन्ट लोड गर्नुस