सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौंमा सलाम एयरले दैनिक उडान गर्ने

२०७६ भदौ २१, ०४:२७

ओमानको वायुसेवा कम्पनी सलाम एयरले काठमाडौंमा दैनिक उडान गर्ने भएको छ। सातामा तीन उडान गरिरहेको कम्पनीले आगामी साताबाट दैनिक उडान विस्तारको घोषण गरेको हो। कम्पनीले एक  वर्ष अगाडी नेपालमा उडान शुरु गरेको थियो। कम्पनीकाअनुसार यस अवधिमा करिब ५०  हजार यात्रु बोकिसकेको छ।

आगामी वर्ष यात्रु सख्या दोब्बर बनाउने लक्ष्य रहेको कम्पनीले जनाएको छ। सलाम एयरले ९ जहाजबाट विभिन्न २०  गन्तव्यमा उडान गर्दै आएको छ। नेपालमा यस कम्पनीको उडान व्यवस्थापन आईएमई इन्सेन्टिभ ट्राभल्सले गर्दै आएको छ।
 

कमेन्ट लोड गर्नुस