सुदूर नेपाललाई विश्वसँग जोड्दै

वडा अध्यक्षद्वारा आत्महत्याको प्रयास

२०७६ भदौ २१, ०३:०९ खबर संवाददाता

बुटवलका एक वडा अध्यक्षले आत्महत्याको प्रयास गरेका छन्। जिल्लाको बुटवल उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष रमेश नेपालले बिहान ९ बजेको समयमा आफ्नै घरमा सिलिङ पंखामा झुण्डिएर आत्महत्या प्रयास गरेका हुन्।

उनी झुण्डिन लागेको देखेपछि परिवारका सदस्यले अस्पताल र्पुयाएका थिए। बुटवलमा उपचार हुन नसकेपछि उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

घरायसी विवादका कारण उनले आत्महत्या प्रयास गरेको हुनसक्ने प्रहरीको अनुमान छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख भिमलाल भट्टराईले घटनाबारे प्रारम्भिक जानकारीमात्र भएको र थप कुरा अध्ययनपछि मात्रै भन्न सकिने बताए।
 

कमेन्ट लोड गर्नुस