सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुर्खेत गौहत्या प्रकरण : प्रहरी निरीक्षकसहित दुई जना पक्राउ

२०७६ भदौ २१, ०६:३४ खबर संवाददाता

सुर्खेत गौहत्या प्रकरणमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना पक्राउ परेका छन्।  जिल्ला प्रहरी कार्यालय सुर्खेतले नेपालगञ्ज नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य बोगटी र चितवन ट्रान्सपोर्टका सञ्चालक विक्की भनिने सन्तृतसिंह श्रेष्ठलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) वसन्त रजौरेका अनुसार दुवै जनालाई जिल्ला अदालतबाट  म्याद थप गरेर अनुसन्धान भैरहेको छ। गएको भदौ १३ गते नेपालगञ्ज उपमहानगरपालिकाले कान्जी हाउसबाट दैलेख लैजाने भनिएका २ सय ९१ गाईमध्ये ३६ ओटा गाईगोरु वीरेन्द्रनगरको कट्कुवा र बेउरेनीमा मृत भेटिएका थिए। प्रहरीले यस प्रकरणमा ट्रक चालकसहित ७ जनालाई यसअघि नै पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। 

गौहत्या घटनाका विषयमा गृह मन्त्रालय, कर्णाली प्रदेश र नेपालगञ्ज उपमहानगरपालिकाले समिति गठन गरेर छानबिन गरिरहेका छन्।
 

कमेन्ट लोड गर्नुस