सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिम्रिक एयरलाइन्सलाई शनिबारदेखि उडान सञ्चालन गर्न प्राधिकरणको अनुमति

२०७६ भदौ २०, ०४:३४ खबर संवाददाता

सिम्रिक एयरलाइन्सले पुनः उडान अनुमति प्राप्त गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति दिएसँगै उडान सञ्चालन हुन लागेको हो। सिम्रिक एयरलाइन्सका बजार तथा बिक्री विभाग प्रमुख प्रज्वल थापाका अनुसार प्राधिकरणले नियमित रुपमा उडान संचालन गर्न अनुमति दिएपछि शनिबारबाट उडान सूचारु हुने भएको छ।

यसअघि सिम्रिकका जहाजमा जडिट पार्ट्सको विषयमा प्रश्न उठाउँदै प्राधिकरणले सिम्रिकका जहाज ग्राउण्डेड गरेको थियो। त्यसपछि कम्पनीले प्राधिकरणले उठाएका प्रश्नको समाधान हुने गरी कागजात बुझाएपछि उडान अनुमति दिइएको हो। कम्पनीले सुरक्षित र भरपर्दो उडान सेवाका लागि प्राधिकरण र अन्य निकायबाट प्राप्त हुने सुझाव तथा निर्देशन पालना गर्न कटिवद्ध रहेको उल्लेख गरेको छ। ४ भदौबाट सिम्रिक एयरलाइन्सको उडान रोकिएको थियो।
 

कमेन्ट लोड गर्नुस