सुदूर नेपाललाई विश्वसँग जोड्दै

पार्टी हराउनेहरुलाई कारबाही गर्छु : देउवा

२०७६ भदौ २०, ०२:४७ खबर संवाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई हराउनेहरुलाई कारबाही गर्ने बताएका छन्। शुक्रबार भक्तपुरमा नीति तथा प्रशिक्षण प्रतिष्ठानले गरेको कार्यक्रममा बोल्दै उनले कसैले रोक्न खोजे उनीहरुलाई आफैंले पार्टी कार्यकर्ता र जनताका अगाडि सार्वजनिक गर्ने बताए।

अन्तरघात गर्नेहरुलाई कारबाही नगरे फेरि पनि कांग्रेस हार्ने बताउँदै उनले भने,  पार्टी किन र्हायो हिजो? पार्टीमा साँच्चै एकता छ? एकता हुँदाहुँदै हारेको हो? उनले एकले अर्कालाई हराउन लागेको भन्दै अन्तरघातबाट पार्टीलाई मुक्त गर्नुपर्ने बताउँदै उनले भने, ‘अन्तरघात गर्ने, पार्टीलाई हराउने माथि कारबाही गर्न खोज्दा कसले रोक्दोरहेछ, त्यसको अनुहार पनि बाहिर आउँछ। यही हो त्यो अनुहार भनेर म नै बाहिर ल्याउँछु।’

सरकारले नेकपाप्रति प्रतिवद्ध पुलिस, आर्मी र व्युरोक्रेसी बनाउन खोजेको आरोप पनि देउवाले लगाए। जनताले तिरेको करबाट तलब खाने पुलिस, आर्मी र कर्मचारीतन्त्रलाई तर्साएर धम्क्याएर नेकपाप्रति प्रतिवद्ध बनाउन खोजेको भन्दै उनले भने, ‘सरकार बदलिनु स्वभाविक कुरा हो। तर सिस्टम बदल्न खोज्नु सामान्य होइन।’ कम्युनिस्ट अधिनायकवादविरुद्ध जस्तोसुकै लडाइँ लड्न पनि कांग्रेस तयार रहेको उनले बताए।
 

कमेन्ट लोड गर्नुस