सुदूर नेपाललाई विश्वसँग जोड्दै

काबुलमा कारबम विस्फोटमा परि १० जनाको मृत्यु

२०७६ भदौ २०, १२:४० खबर संवाददाता

अफगानिस्तानको राजधानी काबुलमा बिहीबार तालिबान विद्रोहीले गराएको एउटा कारबम विस्फोटमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ। अफगानिस्तानको काबुलस्थित विदेशी कूटनीतिक नियोगहरू भएको क्षेत्रमा कारबम विस्फोट गराइएको हो।

अमेरिकी राजदूतावासनजिकै रहेको विदेशी कूटनीतिक नियोगमा भएको विस्फोटमा परी ४० जना घाइते भएका छन्। गएको सोमबार पनि काबुलमा तालिबानको बम आक्रमणमा परी १६ जनाको ज्यान गएको थियो।

यसैबीच अमेरिका र तालिबानबीच भएका विभिन्न चरणका वार्तापछि अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने सहमति भएको छ। १८ वर्षअघि आएका अमेरिकी सेना फिर्ता हुनलाग्दा तालिबानले आक्रमणलाई तीव्रता दिँदै आएको छ। 
 

कमेन्ट लोड गर्नुस