सुदूर नेपाललाई विश्वसँग जोड्दै

खोलाले कार बगाउँदा एक जनाको मृत्यु, दुई जना घाइते

२०७६ भदौ २०, ११:०९ खबर संवाददाता

दोलखामा खोलाले कार बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। जिल्लाको कालिञ्चोक गाउँपालिका–९ स्थित सुन्द्रावती खोलाले कार बगाउँदा तामाकोशी गाउँपालिका–३ जफेका २४ वर्षीय अनिश पोखरेलको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अविरल वर्षापछि बढेको खोलाले कार बगाउँदा कारमा सवार तामाकोशी गाउँपालिका–३ का ३१ वर्षीय विकज पोखरेल र चालक रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ का पवन पौडेल घाइते भएका छन्। घाइते दुवैको अवस्था सामान्य रहेको र उनीहरुको सदरमुकाम चरिकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सिङ्गटीबाट चरिकोटतर्फ आउँदै गरेको इकोस्पोट बा १९ च ४३९० नम्बरको कार बिहीबार राती ११ः३० बजेको समयमा सुन्द्रावतीखोला तर्ने क्रममा आएको बाढीले बगाएको थियो। अविरल वर्षासँगै खोला बढेकाले घटना भएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस