सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वकप छनोट : कुवेतसँग नेपाल ७–० ले पराजित

२०७६ भदौ २०, ०९:०४ खबर संवाददाता

फिफा विश्वकप छनोट फुटबलको दोस्रो चरणको पहिलो खेलमा नेपाल कुवेतसँग ७–० ले पराजित भएको छ। गएराति कुवेतस्थित अल अहमद अन्तर्रा्ष्ट्रिय रंगशालामा भएको खेलमा पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा पाँच गोल खायो। तर, नेपालले एक गोल पनि फर्काउन सकेन। फिफा वरियतामा नेपालभन्दा कुवेत चार स्थान माथि छ। तर नेपालले अहिलेसम्म कुवेतलाई हराउन सकेको छैन।

नेपालले गत चैतमा कुवेतविरुद्व दुई मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो भने दोस्रो खेल नेपालले १–० गोलअन्तरले हारेको थियो। हेड टु हेडको आधारमा हालसम्म खेलिएका ६ खेलमध्ये पाँच खेलको नतिजा कुवेतले आफनो पक्षमा पारेको छ भने बाँकी एक खेल बराबरीमा सकिएको थियो।

नेपालले सन् १८८२ नोभेम्बरमा भएको एशियन गेम्समा पहिलो पटक कुवेतसँग खेलेको थियो। सो खेलमा नेपाल कुवेतसँग ३–१ गोल अन्तरले पराजित भएको थियो। दोस्रो भेट सन् १९८६ को एशियन गेम्समा भएको थियो, त्यतिबेला नेपाल कुवेतसँग ५–० गोल अन्तरले पराजित भयो।

त्यसैगरी सन् १९९४ मा भएको एशियन गेम्समा नेपाल कुवेतसँग ८–० गोल अन्तरले पराजित भएको थियो। सन् २००० मा भएको एशियन गेममा कुवेतसँग नेपाल ५–० गोल अन्तरले पराजित हुन पुग्यो। त्यस्तै नेपालले गत चैतको पहिलो सातामा भएको अन्तर्रा्िष्ट्रय मैत्रीपूर्ण खेलमा कुवेतलाई बराबरीमा रोक्न सफल भएको थियो। यो नै कुवेतविरुद्ध नेपालको राम्रो नतिजा थियो।
 

कमेन्ट लोड गर्नुस