सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वकप छनोटको पहिलो खेलमा ओमानसँग भारत पराजित

२०७६ भदौ २०, ०७:२८ खबर संवाददाता

विश्वकप छनोट अन्तर्गतको पहिलो खेलमा भारत ओमानसँग पराजित भएको छ। गुवाहटीस्थित इन्दिरा गान्धी स्टेडियममा भएको खेलमा भारत अन्तिम ८ मिनेट सम्हालिन नसक्दा पराजय भोग्न बाध्य भयो। भारतले पहिलो हाफमा लिएको एक गोलको अग्रतामा राबिया अलावी अल मान्धरले अन्तिम समयमा दुई गोल गरेका थिए। २४औं मिनेटमा सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए। सो अग्रता भारतले ८१औं मिनेटसम्म कायम राख्यो। तर, ८२औं र ९०औं मिनेटमा राबिया अलावीले गोल गरेपछि भारत स्तब्ध बन्यो।

छनोट प्रतियोगिता अन्तर्गत नै भएको अर्को खेलमा सिरियाले फिलिपिन्सलाई ५–२ ले हराएको छ। फिलिपिन्समा भएको खेलमा घरेलु टोलीलाई हराउनका लागि ओमार अल सोमाहले दुई गोल गरे भने खालिद मोबायद र फिरास अल खातिबले एक एक गोल गरे। 

यस्तै कम्बोडिया र हङकङ्बीचको खेल एक एक गोलको बराबरीमा सकियो भने सिंगापुर र यमनले दुई दुई गोलको बराबरीमा अंक बाँढे। थाइल्याण्ड र भियतनामबीचको खेल पनि गोलरहित बराबरीमा टुंगियो। मलेसियाले इण्डोनेसियामाथि ३–२ को जित निकाल्यो भने ताजिकिस्तानले किर्गिजस्तानलाई १–० ले हरायो। तुर्कमेनिस्तानले श्रीलंकालाई २–० ले हरायो।
 

कमेन्ट लोड गर्नुस