सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसीसी यू–१९ एसिया कप : अफगानिस्तानसंग पाकिस्तान ८५ रनले पराजित

२०७६ भदौ १९, ०६:१९ खबर संवाददाता

एसीसी यू–१९ एसिया कपको पहिलो खेलमा साविक विजेता अफगानिस्तानले पाकिस्तानलाई ८५ रनले हराएको छ। पाकिस्तानविरुद्ध सानदार जित निकाल्ने क्रममा अफगानिस्तानका बलर पूर्णरुपमा हाबी भए। श्रीलंकाको कोलम्बोमा रहेको पीएसएस मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४६ ओभरमा घटाइएको खेलमा नौ विकेट गुमाएर १ सय ६२ रन बनायो।

मध्यम सुरुवात गरेको अफगानिस्तानका मध्यक्रमका ब्याट्सम्यानबीच भने राम्रो साझेदारी हुन सकेन। पहिलो विकेटका लागि अफगानिस्तानले ४७ रनको साझेदारी गरेको थियो। तर त्यसपछि उसले ९५ रन बनाउँदा पाँच विकेट गुमायो।कप्तान फरहान जाखीलले १९ रन बनाए भने सदिकुल्लाह अतलले २९ तथा रहमनुल्लाहले २७ रनको योगदान गरे।

तर त्यसपछि असिफ मुसाजे सात तथा खरोटे तीन रनमा आउट भएपछि अफगानिस्तानले १ सय १९ रनमा सात विकेट गुमायो। त्यसपछि पनि उसको विकेट झर्ने क्रम रोकिएन। सफिकुउल्लाह घफारीले १३ रन बनाए भने मोहम्मद अस्फाक १२ रनमा पेभेलियन फर्किए। यस्तै अबीदुल्लाह तनीवालले सात तथा फजल हाकीले खाता खोल्न सकेनन्।

बलिङमा पाकिस्तानका अमिर अली र फहाद मुनीरले समान तीन–तीन विकेट हात पारे। जवाफमा पाकिस्तान १९ ओभर चार बलमा ७८ रनमा समेटिन पुग्यो। पाकिस्तानी बलरसामु निकै निरीह देखिएको पाकिस्तानका दुई खेलाडीले मात्र दोहोरो अंक छुन सके। जसमा कप्तान रोहिल नाजिरले १६ तथा इरफान खानले १९ रन बनाए। अरु खलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। 

कमेन्ट लोड गर्नुस