सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेस देशलाई हिन्दू राज्य नामाकरण गराउने पक्षमा छैन : विमलेन्द्र निधि

२०७६ भदौ १९, ०६:११ खबर संवाददाता

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति विमलन्द्र निधिले आफ्नो पार्टी देशलाई हिन्दू राज्य नामाकरण गराउने पक्षमा नरहेको बताए। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संविधान निर्माणको नेतृत्वको गरेको आफ्नो पार्टी धर्म निरपेक्ष राज्यको मान्यतालाई स्वीकार गरेर अघि बढिरहेको समेत बताए।

पार्टीका महामन्त्री डा. शशांक कोइरालाले हिन्दू राज्यको पक्षमा वकालत गरिरहेका बेला उपसभापति निधिले भने हिन्दू राज्य नामाकरण गराउने पक्षमा आफ्नो पार्टी नरहेको प्रष्टयाएका हुन्। उनले  नेपाली कांग्रेसको चार तारे झण्डाको एउटा मान्यता धार्मिक स्वतन्त्रता भएको र धर्म निरपेक्षता पनि त्यसैको परिपूरक भएकाले कांग्रेस त्यही मान्यतामा अडिग रहेको पनि तर्क गरे।

उपसभापति निधिले राज्यलाई हिन्दू राज्य नामाकरण गराउने मान्यतामा कांग्रेस नरहेको बताए।

कमेन्ट लोड गर्नुस