सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषि मन्त्री चक्रपाणी खनाललाई डेंगुको संक्रमण

२०७६ भदौ १९, १२:५३ खबर संवाददाता

कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाललाई डेंगुको संक्रमण देखिएको छ। उनको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ। गएको शुक्रबार हेटौँडाबाट फर्किएका मन्त्री खनाललाई ज्वरो आएपछि अस्पताल लगिएको थियो। 

ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएपछि डेंगु भएको आशंकामा उनकोे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रगत परीक्षण गरिएको हो। परीक्षणमा डेंगु भएको पुष्टि भएपछि उनलाई बुधबार ग्राण्डी अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस