सुदूर नेपाललाई विश्वसँग जोड्दै

अनेरास्ववियू संयोजक महर सहितका नेतामाथि लाठी चार्ज

२०७६ भदौ १८, ०७:१५ खबर संवाददाता

सत्तारुढ नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूका  संयोजक ऐन महर सहितका नेताहरु घाइते भएका छन्। बुधबार विहान पक्राउ परेका चिकित्सा शिक्षा अध्ययन संस्थान आईओएमका स्ववियु सभापति मिलन गैरेसहित नेताहरुलाई भेट्न ठूलो संख्यामा नेपाल पुलिस क्लब पुगेका विद्यार्थीलाई गेटभित्र प्रवेश गर्न नदिन प्रहरीले बल प्रयोग गरेको थियो।

त्यस क्रममा अनेरास्ववियु संयोजक ऐन महर, समिक बडाल, सुदेश पराजुलीलगायतका विद्यार्थी नेताहरु घाइते भएका हुन्। घाइते विद्यार्थीको बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ। महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र वोगटीले ठूलो समूह पुलिस क्लबभित्र प्रवेश गर्न खोजेकाले प्रवेश गर्न नदिने क्रममा घटना भएको बताए।

कमेन्ट लोड गर्नुस